मिडियाबाट भाग्दै शाहरुख खान
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन लागुपदार्थ प्रकरणमा जेल परे । छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ । उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् । आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए । स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए । उनी यसबीचमा क्यामेराबाट लुकेर गए ।
कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् । भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारमा बसेर गइरहेका छन् । शाहरुख खान कसैले उनको तस्बिर खिचोस् भन्ने चाहाँदैनन् । त्यसैले उनले आफ्नो सेक्युरिटी गार्डलाई छाता ल्याउन लगाए । उनी छातामा छेकिएर गाडीमा गएको भिडियोमा देखिन्छ । तर, उनीसँग अरु को–को थिए भन्ने पत्ता नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए । सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे । तर, शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण