‘प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो’
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशले पेसी तोक्दा गोलाप्रथा नगरेको आरोप लगाएका छन् । उनले आफू अनुकूलको न्यायाधीशलाई मुद्दा हेर्ने जिम्मेवारी दिनकै लागि गोलाप्रथालाई नजरअन्दाज गरेको आरोप लगाए ।
आज इजलास तोक्ने क्रममा प्रधानन्यायाधीशले गोलाप्रथा गरेका थिएनन् भने ७ वटा मुद्दा हेर्न ६ वटा इजलास तोके । यस्तै प्रधानन्यायाधीशले आफूलाई समेत इजलास तोक्ने काम गरेका छन् । जुन न्यायाधीशहरूसँग भएको भनिएको सहमति विपरित भएको बताइएको छ ।
यही क्रममा प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भएको नेपाल बार एसोसिएसनको आन्दोलनका क्रममा त्रिपाठीले प्रधानन्यायाधीशले सर्वोच्च अदालतमा सेटिङ भन्ने शब्दलाई संस्थागत गरेको आरोप लगाए । सोहीअनुसार उनले पेसी तोक्ने क्रममा गोलाप्रथा नगरेको आरोप लगाए ।
‘वर्तमान प्रधानन्यायाधीशले सर्वोच्चमा सेटिङ भन्ने शब्दलाई संस्थागत गर्नुभयो । त्यहीकारण उहाँले गोलाप्रथा गर्न चाहनुभएन’, त्रिपाठीले भने। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका छन् । कालो ब्यानरसहित प्रदर्शन गरेका उनीहरुले सर्वोच्च अघि धर्ना समेत दिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण