ओली विराटनगरमा, नेकपा एकीकृत समाजवादीले बहिष्कार गर्ने
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न उनी दिउँसो विराटनगर आएका हुन् ।
ओली सहभागी हुने कार्यक्रमका लागि विराटनगर आसपासबाट एमालेका सयौँ कार्यकर्तालाई विराटनगर ल्याइएको छ । कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका अन्य नेता पनि सहभागी हुने बताइएको छ ।
अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए ।
नेकपा एकीकृत समाजवादी नजाने
एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भने नजाने भएको छ । ओली सहभागी हुने कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता ओसिम आलमले बताए ।
कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएकाका कारण आफू पनि एमालेको कार्यक्रममा नजाने उनको भनाइ थियो ।
‘हामीले उहाँहरूलाई निम्तो पठाएका थियौं तर आउनुभएन,’ प्रवक्ता आलमले भने, ‘हामीलाई पनि निम्तो गर्नुभएको रहेछ तर हाम्रो पार्टी त्यहाँ जाँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण