गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाममा
गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम आएका छन् । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम आइपुगेका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए । उनले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।
आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न सरकार प्रयत्नशील रहेको बताए । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका स्वतन्त्र रहेको र स्वतन्त्रतापूर्वक काम गरिरहेको भन्दै उनले न्यायपालिकामा देखिएको समस्या छिटोभन्दा छिटो समाधान हुनुपर्ने सरकारको चाहना रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण