काँग्रेसले भन्यो– मुख्यमन्त्रीलाई हामी विश्वासको मत दिन्छौं
सोमबार, २२ कात्तिक २०७८, १६ : ४६
नेपाली काँग्रेसका बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको आफू र आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् ।
सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले नेकपा एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताए ।
उनले सत्तारुढ गठबन्धनको बचाउ पनि गरे । गठबन्धनले संघीयता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनको भनाइ छ । जनअभिमतलाई स्वीकार गर्न नसकेका कारण एमालेले यो अवस्था झेल्नु परेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण