सुनसरी एमालेमा भाँडभैलो, माइक खोसाखोसदेखि बैठक बहिष्कारसम्म
बुधबार, २४ कात्तिक २०७८, १५ : ५६
सुनसरी एमालेमा २ जेठ २०७५ मा फर्किने कि नफर्कने भन्ने विषयलाई लिएर भाँडभैलो भएको छ । सदरमुकाम इनरुवामा बुधबार बोलाइएको जिल्ला कमिटी बैठकमा नेताहरुबीच विवाद बढेपछि माइक खोसाखोस नै भएको छ । त्यस्तै जिल्ला कमिटीका ३२ जना नेताले बैठक गरेका छन् ।
२ जेठका विषयमा साविक अध्यक्ष रमेश बस्नेत र केपी ओली पक्षले अध्यक्ष बनाएका रेवतीरमण भण्डारी समूहबीच विवाद भएको हो । बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्म निरौलालाई बैठकको अध्यक्षता गराएपछि विवाद बढेको थियो ।
बैठकमा निरौला बोल्ने क्रममा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीले माइक नै खोस्न पुगेका छन् । माइक खोसेपछि चौधरी भने कार्यक्रमस्थलबाट बाहिरिएका छन् । यसैबीच धरानका ३२ जना एमाले नेता कार्यकर्ताले उक्त बैठक बहिष्कार गरेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण