सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ पुग्यो
बिहीबार, २५ कात्तिक २०७८, ११ : १४
सुनको भाउ ९४ हजार रुपैयाँ पुगेको छ । तिहारपछि उकालो लाग्ने थालेको सुनको भाउ बिहीबारसम्म आइपुग्दा तोलाको ९४ हजार रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा अधिकतम एक हजार ३०० रुपैयाँले मूल्य वृद्धि हुँदै बिहीबार सुनको मूल्य ९४ हजार रुपैयाँ पुगेको हो ।
गत बुधबार सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बृद्धि हुँदै एक हजार २७० रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने बिहीबार ९३ हजार ५०० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण