यस्ता व्यक्तिहरुले बिर्सेर पनि नखानुहोस् चुकन्दर
स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन । नभए यसले हानी गर्नेछ ।
कम रक्तचापमा नखानुहोस्ः
रक्तचाप कम हुँदा चुकन्दरको सेवन गर्नुहुँदैन । उच्च रक्तचापमा तपाईं यसलाई खान सक्नुहुन्छ तर कम हुँदा नखाएकै राम्रो । चुकन्दरले रक्तचापलाई कम गर्ने भएकाले यस्तो गर्न सुझाइएको हो ।
मृगौलामा पत्थरी भएको अवस्थामाः
मृगौलामा पत्थरीको समस्या छ भने चुकन्दर खाँदा तपाईंलाई हानी हुनेछ । यसले पत्थरीलाई बढाउने काम गर्छ । चुकन्दरले आइरनको कमी पूर्ती त गर्छ तर यसमा अक्सलेटको मात्रा अत्यधिक हुन्छ । अक्सलेटको सेवन अत्यधिक गर्दा मृगौलामा पत्थरीको समस्या बढ्ने गर्छ । जसलाई पहिले नै पत्थरीको समस्या छ, चुकन्दरको सेवनले यो समस्या बढाउन सक्छ ।
हुनसक्छ एलर्जीः
चुकन्दरमा भिटामिन, एन्टिअक्सिडेन्ट, फाइटोन्यूट्रियन्ट्स, पलीफिनोल्स र डायट्री फाइबरसहित विभिन्न पोषक तत्व पाइन्छन् तर यसका कारण केही मानिसहरुलाई एलर्जी पनि हुनसक्छ । यसले छालामा डाबर आउने समस्या निम्तिन सक्छ । चुकन्दर खाएपछि कुनै पनि प्रकारको एलर्जी वा छालामा डाबर देखिए यसको सेवन बन्द गरेर डाक्टरको सल्लाह लिनुहोस् ।
गर्भवती महिलाका लागि हानिकारकः
गर्भवती महिलालाई पनि चुकन्दरको सेवन नगर्न सल्लाह दिइन्छ । यसको अत्यधिक मात्रा गर्भवती महिलाका लागि खतरनाक हुनसक्छ ।
ब्लड सुगरको स्तर बढाउन सक्छः
चुकन्दरको सेवन गर्दा ब्लड सुगरको स्तर बढ्न सक्छ । जसलाई मधुमेहको समस्या छ, उनीहरुले चुकन्दरको सेवन बिर्सेर पनि गर्नु हुँदैन । यसको ग्लाइसेमिक इन्डेक्स बढी हुन्छ जसले तपाईंलाई हानी गर्नसक्छ ।
कलेजोलाई क्षतीः
चुकन्दरको अत्यधिक सेवनले कलेजोलाई क्षती पुर्याउन सक्छ । चुकन्दरमा कपर, आइरन, फस्फोरस, म्याग्नेसियमको उच्च मात्रा हुन्छ । यो तपाईंका लागि फाइदाजनक त हुन्छ तर यसको अत्यधिक सेवनले यी सबै कुरा कलेजोमा गएर जम्मा हुन थाल्छन् । यसले कलेजोलाई क्षती पुर्याउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते