सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

बिहीबार, २५ कात्तिक २०७८, १६ : ५८
बिहीबार, २५ कात्तिक २०७८

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ४३० जनामा गरिएको नमूना परीक्षणमा ३७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १७ महिला २० पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की २२, बागलुङ १, तनहुँ ५ र नवलपरासी पूर्वमा ९ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ५७१ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका–६ का ७० वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी नगरपालिका–११ की ४२ वर्षीय महिला र नवलपरासी, देवचुली नगरपालिका–१४ की ६० वर्षीय महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०१ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ७६५ पुगेको छ भने होम आइसोलेसनमा ३३६ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४०५ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप