पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा
फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले खेलको अन्तिम मिनेटमा गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो । खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे । बराबरीतर्फ अग्रसर खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै पोर्चुगलको सपना चकनाचुर पारे ।
जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ । पराजयसँगै विश्वकप छनोट खेलहरूमा आफ्नो घरेलु मैदानमा अपराजित रहने पोर्चुगलको यात्रामा पूर्ण विराम पनि लागेको छ । पछिल्लो पटक पोर्चुगल सन् २०१३ को अक्टोबरमा पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण