‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोको अवरोध
फिल्म ‘कबड्डी ४’ को सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको छ । फिल्मको आइतबार बिहान मुस्ताङको सुटिङमा हिम पहिरोले अवरोध पुर्याएको हो । हिम पहिरो खसेपनि फिल्म युनिट कसैलाई नोक्सान नपुर्याएको फिल्मका निर्देशक रामबाबु गुरुङले बताए ।
‘हामी बिहानैदेखि फिल्म सुटिङ गर्दै थियौ । सुटिङ स्थल हिम पहिरो खसेको स्थानभन्दा केही पर थियो’ निर्देशक गुरुङले भने, ‘हिम पहिरो खस्न थालेपछि हामीले पनि सुटिङ स्थगित गर्यौ ।’ हिम पहिरोका कारण स्थानीयको सुझावमा निर्माणको पुरै युनिटसहित आफुहरु सुरक्षित स्थानमा सरेको गुरुङले सुनाए ।
हिम पहिरोका कारण आइतबार सुटिङ रोकिए पनि आजबाट फेरि छायाङ्कन सुरु भएको निर्देशक गुरुङले जानकारी दिए । ‘हिम पहिरो होला आज बिहान ढिलो मौसम खुल्यो’ गुरुङले भने, ‘अहिले भने फिल्मको छायाँकन धमाधम भइरहेको छ ।’
गुरुङले यस अगाडि ‘कबड्डी’ का ३ सिरिज मुस्ताङमै छायाँकन गरेका थिए । ‘कबड्डी ४’ मा दयाहाङ राई, बुद्धि तामाङ, सौगात मल्ल, विजय बराल, मिरुना मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्मको छायाँकन अझै १० दिनसम्म मुस्ताङमै हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिच युद्धविरामसँगै तेलको मूल्यमा ठुलो गिरावट
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण