विद्युतीय बस खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती हो : डोरमणि पौडेल
बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णयप्रति आपत्ति जनाउँदै उक्त कार्य राष्ट्रघाती भएको बताएका हुन् ।
उनले नवगठित गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन् । पौडेलले इन्धन र मोटर पार्टसको खर्च कम गर्न नेकपा एमाले नेतृत्वको सरकारले सो योजना अघि बढाएको भएपनि वर्तमान गठबन्धनको सरकारले त्यसको विरुद्धमा निर्णय गरेर देशलाई विकासको बाटोमा जानबाट रोकेको बताए ।
पौडेलले सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटर पार्टसमा खर्च हुने अरबौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्यूनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यसहित प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहत र आक्रान्त बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
वर्तमान सरकार कमिसनको खेलमा परेर देशमा नै उत्पादन भएको विद्युत खेर फाल्ने र विदेशबाट इन्धन खरिद गरी सवारी सञ्चालन गर्ने उद्देश्य लिएर अघिल्लो सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया रोक्ने निर्णय गरेको उनको पौडेलको भनाई छ ।
‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुनेगरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्दा मजाक पनि हो ।’ विज्ञप्तिमार्फत उनले भनेका छन् । ‘यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ ।’
उनले वर्तमान सरकार एमालेसँग डराएर सुरुङ मार्ग निर्माण योजना पनि रोक्ने निर्णय गरेको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण