बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान, सात महिनामा १० पटक बढ्यो इन्धनको मूल्य

काँग्रेस महाधिवेशनका लागि गठित समितिमा देउवाको एकलौटी
सोमबार, २९ कात्तिक २०७८, २० : ३५
सोमबार, २९ कात्तिक २०७८

आज २०७८ कार्तिक २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारहरुमा बारलाई वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान, बार भन्छ– वार्तामा बस्दैनौं, काँग्रेस महाधिवेशनका लागि गठित समितिमा देउवाको एकलौटी, सांसदहरुको उपचारमा १६ महिनामा ३५ लाखभन्दा बढी खर्च, ‘प्रदेश २ को मुख्यमन्त्री कार्यालयबाट साइकल खरिद गर्दा अनियमितता’, स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको निष्कर्ष लगायत छन् ।

१. बारलाई वार्ताका लागि प्रधानन्यायाधीशको आह्वान, बार भन्छ– वार्तामा बस्दैनौं
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायालयमा देखिएको विद्यमान गतिरोध अन्त्य गर्ने उद्देश्यले बार एशोसिएशनलाई वार्ताका लागि आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले बारलाई वार्ताका लागि आह्वान गरे पनि बारले वार्तामा नबस्ने प्रस्ट पारेको छ । सोमबार नै बारका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच भएको छलफलमा प्रधानन्यायाधीशको राजीनामा नै अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ ।

२. काँग्रेस महाधिवेशनका लागि गठित समितिमा देउवाको एकलौटी
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि गठित विभिन्न समितिमा संस्थापन पक्षका नेताहरुले मात्र नेतृत्व पाएका छन् । समितिका संयोजकहरूमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुलाई जिम्मेवारी दिएका हुन् । 

३. सांसदहरुको उपचारमा १६ महिनामा ३५ लाखभन्दा बढी खर्च
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले १६ महिनामा ३५ लाख २३ हजार ५ सय ७४ रूपमा औषधि उपचार खर्च भुक्तानी लिएका छन् । २०७७ साल साउनदेखि २०७८ साल कार्तिक १५ गतेसम्म प्रतिनिधिसभाका ४४ सांसदले कूल २७ लाख ४३ हजार २ सय ६७ रुपैयाँ र राष्ट्रियसभाका १५ सांसदले ७ लाख ८० हजार ३ सय ७ रुपैयाँ संघीय संसद् सचिवालयबाट औषधि उपचार बापत रकम लिएका छन् ।

प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले साइकल खरिद गर्दा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक निष्कर्ष छ । ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान’ अन्तर्गत वितरणका लागि खरिद गरिएको साइकलमा अनियमितता भएको भन्दै उजुरी परेपछि बर्दिबासस्थित अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापा मार्दै केही फाइल नियन्त्रणमा लिएको थियो । ती फाइल अनुसन्धान गर्दा अनियमितता भएको पाइएको अख्तियारले जनाएको हो ।

५. स्थानीय तहमा भ्रष्टाचार बढेको अख्तियारको निष्कर्ष
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको छ । सोमबार राष्ट्रपति विद्या भण्डारीलाई प्रतिवेदन बुझाएपछि पत्रकार सम्मेलन गर्दै  आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो ।

६. एमालेमा अन्तरपार्टी संघर्षको अवस्था नरहेपछि विद्रोह गरेका हौं : माधवकुमार नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफूहरुले विद्रोह गरेको बताएका छन् । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पु¥याउन पनि विद्रोह अनिवार्य रहेको बताए । 

७. छानबिन समितिको निष्कर्ष– प्रहरी अस्पतालमा अनियमितता देखिएन
नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को  प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशमा एकैसाथ सुरु भएको अधिवेशनबाट ६ प्रदेशको नेतृत्व चयन गरिएको छ भने एउटा प्रदेशमा भने प्रक्रिया जारी छ ।

९. सात महिनामा १० पटक बढ्यो इन्धनको मूल्य
सरकारले पेट्रोलियम पदार्थको मूल्य गत वैशाख ४ गतेदेखि कात्तिक २५ गतेसम्म १० पटक बढाइसकेको छ । पेट्रोलियम पदार्थको मूल्यमा लगातारको वृद्धिले सामान ढुवानी नै गर्न नसक्ने स्थिति आएको नेपाल ट्रक यातायात व्यवसायी महासंघले जनाएको छ । 

१०. पछिल्लो २४ घण्टामा ४१६ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४१६ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २७० जना संक्रमणमुक्त भएका छन् ।

११. र यो पनि,
इजरायल–नेपाल (भैरहवा) सिधा हवाई उडान गर्न इजरायली सरकार इच्छुक रहेको राजदूत हेनान गोदरले बताएका छन् । सोमबार राजधानीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेटवार्ता गर्दै इजरायली राजदूतले यस्तो बताएका हुन् ।

प्रदेश १ को सत्ता गठबन्धनले केन्द्र सरकारको सिको गर्दै प्रदेशमा पनि सरकार सञ्चालनमा सहयोग गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको छ । विराटनगरमा सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले नेपाली काँग्रेसका संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएको हो ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै उनले वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णयप्रति आपत्ति जनाएका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप