बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

फुलकोर्टबाट पास भएको निर्देशिका आजै कानुन मन्त्रालयमा पठाइने

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ५४
बिहीबार, ०२ मङ्सिर २०७८

सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका बिहीबार नै कानुन मन्त्रालयमा पठाइने भएको छ ।  सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो । 

बैठकले गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गरेको थियो । सर्वोच्च अदालतको पूर्ण बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको गरेको एक न्यायाधीशको भनाइ छ ।  सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।

 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप