रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन
शुक्रबार, ०३ मङ्सिर २०७८, १२ : २२

रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च स्तरमा पुगेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताएका छन् । दुई देशले सहयोगलाई अझ प्रगाढ बनाउने बताउँदै पुटिनले रुसी विदेश मन्त्रालयको बोर्डको विस्तारित बैठकमा भने, ‘हामी जनवादी गणतन्त्र चीनमा हाम्रा असल छिमेकी र मित्रहरूसँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयत्न जारी राख्नेछौँ ।’ उनले २१औँ शताब्दीमा द्विपक्षीय सम्बन्धले प्रभावकारी अन्तरजातीय सहयोगको नमुनाका रूपमा काम गरेको बताए ।
राष्ट्रपति पुटिनले केही पश्चिमी देशहरूले खुल्ला रूपमा मस्को र बेइजिङको बीचमा फाटो ल्याउने प्रयास गरिरहेको समेत टिप्पणी गरेका छन् । ‘हाम्रा चिनियाँ मित्रहरूसँग मिलेर, हामी हाम्रो राजनीतिक, आर्थिक र अन्य सहयोग विस्तार गर्दै र अन्तर्राष्ट्रिय क्षेत्रमा कदमहरू समन्वय गरेर त्यस्ता प्रयासहरूको जवाफ दिनेछौँ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
-
बुद्ध ! मेरो युगमा तिम्रो सम्झना
-
किराँत समुदायले यसरी मनाए उभौली पर्व, तस्बिरमा हेर्नुहोस्
-
भारत–पाकिस्तान युद्धविराम : उडानका लागि ३२ विमानस्थल खोलियो
-
खानेपानीको क्षेत्रमा नागरिकले प्रत्यक्ष देख्ने र महसुस गर्ने गरी काम भएको छ : मन्त्री यादव