‘रन फर प्रोटिन हाफ म्याराथन’ पुस पहिलो साता
पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजना हुने भएको छ । आयोजक नेपाल भेटनरी एसोसिएसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस (शनिबार) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो ।
प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि (पुरुष) र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ विधा समावेश गरेको नेपाल भेटनरी एसोसिएसनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए ।
म्याराथन पुरुष र महिला दुवै बिधामा हुनेछ । यस्तै, १० किलोमिटर खुला, ५ किलोमिटर खुला, ५ किलोमिटर पुरुष (१२ कक्षासम्म), ३ किलोमिटर महिला (१२ कक्षासम्म) र व्ह्विलचियर दौड हुनेछ । हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान एक लाख रुपैयाँ हात पार्ने छन् । दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ हुनेले ३० हजार रुपैयाँ हात पार्नेछन् ।
१० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्ने छन् । ५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्नेछन् ।
व्ह्विलचियर विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ । म्याराथनमा करिब २ हजारको सहभागी हुने अनुमान गरेको एसोसिएनका अध्यक्ष डाक्टर श्रेष्ठले जानकारी गराए ।
म्याराथन दशरथ रंगशालाबाट सुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गट्ठाघर, राधे–राधे (भाटभटेनी स्टोर) हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आएर टुंगिनेछ । यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपंछी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रुपमा रहेका छन् । दौडलाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
-
चुनावअघि विधेयक पारित गर्न नेतान्याहुको दौड
-
हाइटीमा श्रीलङ्काली सुरक्षा टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण