किन चल्यो निक र प्रियंकाको सम्बन्धविच्छेदको हल्ला ?
मङ्गलबार, ०७ मङ्सिर २०७८, ०९ : ४७
बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धविच्छेदको विषयमा छापिएका समाचारहरुले चर्चा पाएका छन् । प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पतिको थर हटाएपछि उनीहरुको सम्बन्धविच्छेदको चर्चा चलेको हो । उक्त विषयलाई लिएर उनीहरु सम्बन्धविच्छेद त गर्दै छैनन् ? भन्ने विषयमा चर्चा भइरहेको छ । यसैबीच, निकले आफ्नो एउटा भिडियो सार्वजनिक गरेका छन् । उनले फिटनेस भिडियोमा डबल्स उठाइरहेका छन् ।
उनले सेयर गरेको भिडियोमा प्रियंकाले प्रतिक्रिया जनाएकी छन् । जसमा उनले लेखेकी छन्, ‘म तिम्रो अंगालोमा मरिसकेँ ।’ उनले दिएको यस्तो प्रतिक्रियापछि उनीहरुको सम्बन्धमा कुनै पनि प्रकारको मनमुटाव नआएको बताइएको छ । यसै प्रसंगलाई जोडेर प्रियंकाकी आमा मधु चोपडाले पनि यो समाचार अफवाह भएको बताएकी छन् । उनले यस्ता झुटा खबर नफैलाउन अनुरोध समेत गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण