काँग्रेस लमजुङको सभापतिमा देउवा पक्षका टकराज गुरुङ निर्वाचित
नेपाली काँग्रेस लमजुङको अधिवेशनको सभापतिमा संस्थापन पक्षका डा. टकराज गुरुङ निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी गमप्रसाद गुरुङलाई १३२ मतले हराउँदै टकराज चार वर्षका लागि काँग्रेसको सभापति बनेका हुन् ।
बुधबार बिहानीपख साढे १ बजेतिर सकिएको मतपरिणामअनुसार विजयी टकराजले ७१७ मत ल्याएका छन् । पराजित गमप्रसादले ५८५ मत ल्याएका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर गमप्रसाद गुरुङ प्यानलका साथ चुनावी मैदानमा होमिएको थियो ।
उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७०१ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६७८ मत ल्याएर विजयी भएका छन् । पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६२१ मत ल्याए भने टकराजपक्षका लोकनाथ घिमिरेले ५२८ मत ल्याएका छन् । सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारीले ६६६ मत ल्याएर विजयी भएका छन् ।
गमप्रसाद पक्षधर विमल श्रेष्ठले ६४९ मत ल्याएर सचिवमा विजयी भएका छन् । टकराज पक्षधर नवीनचन्द्र घिमिरेले ५७९ र गमप्रसाद पक्षधर राजकुमार पाण्डेले ५९७ मत ल्याएर पराजित भए ।
सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७३९ मतका साथ विजयी भएका छन् । यस्तै, टकराजको प्यानलबाट विश्व पौडेलले ६०८ मत र गमप्रसाद प्यानलबाट नरबहादुर गुरुङले ७३९ मत ल्याएर सहसचिवमा विजयी भएका छन् । पराजित टकराजपक्ष मदनसिंह घिमिरेले ५५८ मत ल्याए । गमप्रसाद पक्षधर सूर्यकला बराल कोइरालाले ५९६ मत ल्याएका छन् ।
केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–बृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो । लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो ।
कुल एक हजार ३३९ मत खसेकोमा एक हजार ३०२ मतमात्र सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण