संघीयता खारेजीसहित २८ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
समाजवादी केन्द्र नेपालले संघीयता खारेजीसहित विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । बुधबार सो पार्टीका अध्यक्ष युवराज सफलको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो । आफ्ना माग पूरा गर्न सो पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समयसीमा दिएको छ । निर्धारित समयभित्र माग पूरा नभएमा आफूहरु जनविद्रोहमा जाने तथा जनकारवाहीमा जाने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।

सो पार्टीले संघीयता खारेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी सम्झौता खारेज गर्न, धर्म निरपेक्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम गर्न माग गरेको छ ।
यस्तै, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशोधन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पनि सो पार्टीले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण