शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँचथर काँग्रेसको सभापतिमा जबेगू विजयी

बुधबार, ०८ मङ्सिर २०७८, १५ : ०३
बुधबार, ०८ मङ्सिर २०७८

नेपाली काँग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी विजयी भएका छन् । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई दुई सयभन्दा बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित भएका हुन् । 

मतगणनाअनुसार जबेगूले ६ सय ३४ र दाहालले चार सय १६ मत प्राप्त गरे । उपसभापति पदमा भने दाहाल पक्षका वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी भए । आङदेम्बे ६ सय २५ मत र चेम्जोङले चार सय ५१ मत प्राप्त गरे । उपसभापति पदमा जबेगूको प्यानलका समरबहादुर अधिकारीले चार सय ४० र मणिचन्द्र चेम्जोङले चार सय ३३ मत प्राप्त गरे । 

सचिव पदमा दीपक नेपाल पाँच सय २७ मत र डेकेन्द्रकुमार तामाङ चार सय ७० मत प्राप्त गर्दै विजयी भए । सचिव पदमा धनराज तुम्बाहम्फे चार सय १४, सुवराज थापाले तीन सय ७७ र एकराज नेम्वाङले एक सय ५६ मत प्राप्त गरे।

सहसचिव पदमा ६ सय आठ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र चार सय ९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी भए । सहसचिव पदमा धनसिंह नेम्वाङले चार सय ३० र कृष्णकुमार फियाकले तीन सय ७० मत प्राप्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप