हटाएर देखाउन सरकारलाई परशुराम बस्नेतको चुनौती
प्रदेश १ को खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (परशुराम)ले आफूलाई पदबाट हटाएर देखाउन प्रदेश सरकारलाई चुनौती दिएका छन् । प्रदेश खेलकुद बोर्डमा बुधबार पत्रकार सम्मेलन गरी उनले आफूहरु वैधानिक रुपमा नियुक्त भएको भन्दै पदबाट हटाएर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिलाई राजेन्द्र राई नेतृत्वको प्रदेश सरकारले खारेज गर्ने निर्णय गरिसकेको छ । सरकारको उक्त निर्णयलाई चुनौती दिने क्रममा बस्नेतले भने, ‘मलाई पदमुक्त गरेको खण्डमा कानुनी उपचारमा जान्छु ।’
पाँच दलीय गठबन्धन सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले गत कार्तिक १६ गते पूर्ववर्ती सरकारबाट भएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले खेलकुद विकास बोर्ड, जिल्ला खेलकुद विकास समिति, पर्यटन विकास बोर्ड तथा श्रम सल्लाहकारमा ७५ जना नियुक्त गरेका थिए । सञ्चार प्रतिष्ठानमा भने शेरधन राईकै पालामा नियुक्ति गरिएको थियो ।
आचार्य नेतृत्वको सरकारले प्रदेशमा सबैभन्दा धेरै नियुक्ति खेलकुद क्षेत्रमा गरेको थियो । १४ वटै जिल्लामा खेलकुद विकास समिति गठन गर्दै अध्यक्ष र उपाध्यक्ष गरी २८ जनालाई नियुक्ति दिइएको थियो । राजनीतिक नियुक्तिकै क्रममा पूर्वसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा राजस्व श्रोत परिचालनका लागि उच्चस्तरीय राजस्व अध्ययन कार्यदल गठन गरिएको थियो । भट्टराईले भने केही दिन अघिमात्र पदबाट राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण