काँग्रेस खोटाङको मत गणना राति १० बजे सुरु गरिने
नेपाली काँग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ । बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको काँग्रेस सभापति नरेश श्रेष्ठले बताए ।
काँग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । काँग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै काँग्रेसको अधिवेशन सकिने छ ।
काँग्रेस खोटाङको सभापतिका लागि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राईबीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । आगामी राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्व राज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्व सभापति राई आमनेसामने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण