सिक्किमकी साङडोमा ब्लोन बनिन् मिस तामाङ वर्ल्ड
सिक्किम निवासी साङडोमा ब्लोनले ‘मिस तामाङ वर्ल्ड २०२१’ उपाधि जितेकी छन् । साधना कला केन्द्रको आयोजना रहेको प्रतियोगितामा उनले उत्कृष्ट डे«स, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित शीर्ष उपाधि जितेकी हुन् । ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउन लगायतका विभिन्न ट्रफीका साथमा नगद ५० हजार हात पारेकी छन् ।
बिभिन्न उप विजेता समेत छानिएको प्रतियोगितामा उत्कृष्ट कल्चर रविना थिङ, उत्कृष्ट टुरिजम सविता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इन्भाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटी अप्रिला घिसिङले चुम्न सफल भइन् ।
त्यसैगरी वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल भएका छन् । त्यस्तै वाइल्ड कार्डबाट इन्ट्री भएका टपटेन प्रतिस्पर्धाबाट वेस्ट फोटोजेनिकको अवार्ड अलिशा घिसिङ, वेष्ट डिसिप्लिन अस्तर थोकरले चुम्न सफल भए ।
समाजसेवी डीएनबहादुर तामाङ, बहादुर मोक्तान, केडी मोक्तान, डा.माधव मल्ल, डा.छिरिङ योञ्जन, आश्रा कुँवर, छिरिङ डोल्मा शेर्पा निर्णायक रहेको प्रतियोगिता तामाङ सुन्दरीहरुको प्रतिभा निखार्ने उदेश्यले आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण