मोरङ काँग्रेस सभापतिमा को–को छन् आकांक्षी ?
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ काँग्रेसको सभापतिमा चार जना आकांक्षी देखिएका छन् । संस्थापन र इतरका समुहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । जसमा आज जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।
संस्थापन इतर पक्षबाट सभापतिका लागि डिकबहादुर लिम्बुको प्यानल र संस्थापन समूहबाट दिलिप गच्छदार प्यानल बनाएर प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । तर, उनीहरुले सभापति बाहेका अन्य प्यानलमा रहेको नाम सार्वजनिक भने गरिसकेका छैनन् । मोरङ संस्थापन इतरको समूहको बलियो पकड क्षेत्रका रुपमा लिइन्छ ।
१३ औं अधिवेशनमा देउवा प्यानलबाट जिल्ला सभापति जितेका डिकबहादुर लिम्बू यसपटक शेखर कोइराला प्यानलबाट उठ्ने तयारी गरेका छन् । उनले यसअघि नै आफू जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
जिल्ला उपसभापति र श्रम राज्यमन्त्री समेत भइसकेका गच्छदारले पनि सभापतिका लागि सभापतिका लागि उम्मेदवारी दिने बताएका छन् । उनी संस्थापन समूहबाट सभापति पदमा भिड्दैछन् ।
यी संगै सभापतिको आंकाक्षीमा यदु विष्ट र खडग फागो पनि देखिएका छन् । तर उनीहरु सभापतिमा उम्मेदवारी दिने टुंगो लागेको छैन । बिष्ट नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने फागो र कोइराला संस्थापन इतरका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण