काठमाडौंमा चिसो बढ्यो, देशका केही भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं उपत्यका सहित देशभर चिसो बढेको छ । विगतका दिनका तुलनामा काठमाडौंको अधिकतम र न्यूनतम तापक्रम घट्दै गएको छ । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेकोमा बुधबार २१ दशमलव ४ डिग्री र २३ गते २१ दशमलव ६ डिग्री सेल्सियस रहेको थियो ।
यस्तै न्यूनतम तापक्रम पनि घट्दै गएको जल तथा मौसम पूर्वानुमान शाखाकी मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । ४ दिन अघि न्यूनतम तापक्रम ११ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा ८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ ।
आज दिउँसो बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रहने यी क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागहरुका हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । अन्य क्षेत्रमा भने मौसम सामान्य रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
यस्तै भोलि शनिवार बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहने, उच्च पहाडी तथा हिमाली भु–भागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम आइतबार सम्म जारी रहने महाशाखाको भनाई छ ।
बंगालको खाडीमा न्यून चापीय प्रणाली विकास भएकोले देशको पूर्वी भूभागबाट बदली हुँदै पश्चिमतिर सरिरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । बादलमा हल्का मात्र पानीको मात्रा भएकोले ठुलो बर्षा नहुने तर चिसो बढाउने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण