फ्लोरमा ‘गोर्खा वारियर–२’
करिब आधा छायाँकन सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु गरिएको निर्देशक मिलन चाम्सले बताए ।
सिन्धुली पछि फिल्मको छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि फिल्म युनिट बेलायत, भारत, मलेशिया लगायतका देशमा जानेछ ।
रेविका गुरुङ, विजय लामा, रीयर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको मुख्य भूमिका रहने फिल्मबाट रितेस चाम्स नवनायकको रूपमा डेब्यु गर्दैछन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्ने फिल्मका सहनिर्माता सुरेश राई हुन् । फिल्म २०२२ भित्र रिलिज हुने निर्माण युनिटले बताएको छ । मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको छायाङ्कन, हिमाल केसीको द्धन्द्व रहने फिल्ममा एलिस कार्कीको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण