खोटाङ काँग्रेस सभापतिमा विष्णुकुमार राईसहित प्यानल विजयी
नेपाली काँग्रेस खोटाङ जिल्ला कार्य समितिमा पूर्व पार्टी सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको सिङ्गो समूह विजयी भएको छ । जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि सदरमुकाम दिक्तेलमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट सभापतिमा राईसहित उनको प्यानल नै विजयी भएको हो ।
जिल्ला निर्वाचनको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार १ हजार ३ सय २२ मत खसेकोमा राईले ६६९ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी पूर्व राज्यमन्त्री सर्वधन राईको सिङ्गो प्यानल पराजित भएको छ । सर्वधन ६१० मत प्राप्त गरेर पराजित भएका हुन् । विष्णुकुमारले सर्वधनलाई ५९ मतान्तरले पराजित गरेका हुन् ।
यस्तै उपसभापतिमा विष्णुकुमार प्यानलका इवन राई र तीर्थराज भट्टराई विजयी भएका छन् । राईले ७५३ मत र भट्टराईले ७४२ मत प्राप्त गर्दा उपसभापतिका उम्मेदवार मनोज तिमिल्सिनाले ५४३ र राजन सैँजुले ३८४ मत प्राप्त गरे ।
यस्तै सचिवमा विष्णुकुमार प्यानलकै समीर राई ७१३ मत र ज्ञानेन्द्र जोशी ६२० मत ल्याएर विजयी हुँदा सचिवका अर्का उम्मेदवार रोजन राईले ५५३ मत र रामकुमार राईले ५११ मत प्राप्त गरे । यस्तै सह–सचिवमा पनि विष्णुकुमार प्यानलबाटै सार्जन राईले ६२४ मत र शालिकराम बञ्जाराले ५९३ मत प्राप्त गरेर विजयी हुँदा सह–सचिवका अर्का उम्मेदवार ध्यानबहादुर राईले ५६४ र राजकुमार राईले ५७७ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण