एमाले महाधिवेशन : निर्वाचनका लागि ८ बुँदे आचारसंहिता बन्यो
नेकपा एमालेको निर्वाचन समितिले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचनसँग सम्बन्धित कामलाई अन्तिम चरणमा पुर्याएको छ । नेताहरूले सहमतिमार्फत नेतृत्व चयनमा जोड दिँदै गर्दा निर्वाचन समितिले पनि आफ्नोतर्फबाट गर्नुपर्ने कामलाई तीव्रता दिएको हो ।
समितिका संयोजक विजय सुब्बाले समितिले गर्नुपर्ने तयारी लगभग पुरा भएको भन्दै अध्यक्ष मण्डलले निर्वाचनको प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएपछि काम अघि बढ्ने बताए । यस्तै निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले निर्वाचन सम्पन्न गर्नका लागि ८ बुँदे आचारसंहिता बनेको बताए । आचारसंहितामा निर्वाचनसँग सम्बन्धित विविध विषयहरू समेटिएको उनले बताए ।
आजै सौराहास्थित होटल सेभेन स्टारमा एमाले बन्दसत्र सुरु हुँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ भने नेताहरूले सहमतिमै नेतृत्व चयन हुने दाबी गर्दै आएपछि अहिलेसम्म सहमति भने जुट्न सकेको छैन । सोही कारण सहमति र निर्वाचन प्रक्रियासँग सम्बन्धित काम सँगसँगै अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

