‘केपी बा आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ : महेश बस्नेत
शनिबार, ११ मङ्सिर २०७८, १५ : २०
नेकपा एमालेका युवा नेता महेश बस्नेतले ‘केपी बा’ आई लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका छन् । सौराहास्थित बन्दसत्र हल परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले अध्यक्ष ओलीलाई ‘आई लभ यू’ भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्ने बताएका हुन् ।
सञ्चारकर्मीहरूसँग बोल्दै बस्नेतले भने, ‘केपी बा आइ लभ यू भन्ने पंक्ति पनि पार्टीमा अटाउनुपर्छ । पार्टीमा सबै समेटिनुपर्छ ।’ बस्नेतले पदाधिकारी चयनमा सर्वसम्मत गर्ने कुरामा बहुपक्षीयतालाई ध्यान दिनुपर्नेमा जोड दिए । एमाले दशौं महाधिवेशनको बन्दसत्र आज सौराहामा सुरु हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय