राजनीतिक शक्तिहरूबीच नयाँ ढंगको एकता आवश्यक छ : बाबुराम भट्टराई
जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’
भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको भनाई थियो । उनले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए ।
काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।
सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण