राजनीतिक शक्तिहरूबीच नयाँ ढंगको एकता आवश्यक छ : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले भने, ‘राजनितिक शक्तिहरु बीचमा नयाँ ढंगले एकता कायम गरी अगाडि बढ्नु नै अहिलेको उत्तम विकल्प हो ।’
भट्टराईले देशको सम्बृद्धि र जनताको जीवन परिवर्तनका लागि बैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा केन्द्रिय समाजवादी शक्ति निर्माण गर्न सके मात्रै देशले निकास पाउने उनको भनाई थियो । उनले अहिले अदालतमा देखिएको संकट राजनीतिक दलहरु बीचमा देखिएको खिचातानीको परिणाम भएको बताए ।
काँग्रेस जति पटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न नसकिने बताउँदै भट्टराईले मुलुक परिवर्तनका लागि अग्रगामी शक्तिको आवश्यक रहेको बताए ।
सो पार्टीका वरिष्ठ नेता अशोक राईले जनताको जीवनस्तर परिवर्तनका लागि चार महिने संगठन सुदृढीकरण अभियान सञ्चालन गरेको बताए । मंसिर महिनासम्म सञ्चालन हुने अभियानमा जनताका माझमा आफ्ना विचार प्रस्तुत गर्ने र जनताका विचार बुझ्ने काम भइरहेको नेता राईले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान