सुवास नेम्वाङले भने– माओवादी छैन, सहमति जुटाउन अध्यक्षले छलफल गरिरहनुभएको छ
नेकपा एमाले स्थायी समितिका सदस्य सुवास नेम्वाङले पार्टीको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीले छलफल गरिरहेको बताएका छन् । सौराहास्थित ओली बसेको होटल पार्क सफारीमा अध्यक्ष ओलीसँग छलफल गरेर निस्किने क्रममा नेम्वाङले छलफल जारी रहेको बताए ।
एमाले अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्नका लागि आफूनिकट नेताहरुसँग बिहानैदेखि छलफल जारी राखेका छन । नेम्वाङले पत्रकारहरुसँग भने, ‘अध्यक्षले छलफल गरिरहनुभएको छ, सहमति जुटिसकेको छैन ।’
छलफलका क्रममा पूर्वमाओवादी खेमाबाट रामबहादुर थापा बादललाई उपाध्यक्ष र टोपबहादुर रायमाझीलाई सचिव गरी दुईजनालाई पदाधिकारीमा ल्याउने ओलीको प्रस्ताव रहेको बुझिएको छ । तर, नेता नेम्वाङले भने पूर्वमाओवादी समूहलाई कुन–कुन पद दिने भन्नेबारे पनि टुङ्गो नलागेको बताए । उनले भने, ‘अहिले माओवादी भन्ने छैन, सबै एमाले हुन् । जे पाउनुहुन्छ, एमालेकाले पाउनुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण