मौद्रिक नीतिको प्रभाव : नेप्सेमा ८० अंक माथिको पहिरो
आइतबार सेयर बजार परिसूचक नेप्सेमा ८० अंक माथिको पहिरो गएको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गरेसँगै लगानीकर्ताहरु बिच्किँदा त्यसको प्रभाव आइतबारको सेयर बजारमा परेको हो ।
यसदिन नेप्से परिसूचक ८०.२९ अंकले घट्दै २६ सय ५१.४९ विन्दुमा झर्न पुगेको छ भने आज सबैजसो उपसमूहहरु ऋणात्मक हुँदा बजार नै राताम्मे देखिएको छ ।
अघिल्लो हप्ता यस्तो सूचक ३.२२ अंकले घट्दै २७ सय ३१.७८ विन्दुमा अडिएको थियो । मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात)सँगै सेयर धितो (मार्जिन ल्यान्डिङ) को ४÷१२ को सीमा परिमार्जन गर्ने आम लगानीकर्ताहरुको अपेक्षा थियो ।
तर, राष्ट्र बैंकले त्यसो गरिदिएन । अर्थात् यसअघिकै मौद्रिक नीतिको व्यवस्था राष्ट्र बैंकले ९० प्रतिशतको सीडी रेसियोको नीति र ४÷१२ को सेयर धितो सीमा परिमार्जन नगरिदिएपछि आम लगानीकर्ताहरु पेनिक हुन पुगेका हुन् । जसको प्रभाव सेयर बजारमा पहिलो दिन नै देखिएको छ ।
त्यसो त आज सेयर बजार करिब ३ प्रतिशत (२.९४ प्रतिशत) ले नै घटेको छ । यद्यपि, ८० अंक माथिले घटेको बजारमा आज ५ अर्ब ८३ करोड ५१ लाख कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण