अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय
अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले रातोपाटीलाई बताए ।
दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ । अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ ।
हवाई मार्ग बाहेक अफ्रिकन मुलका नागरिकलाई स्थलमार्गबाट समेत प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको अध्यागमन विभागका महानिर्देशक भट्टराईले बताए । उनले भने–‘नेपाली पासपोर्ट बाहक, राजदूत र उनीहरुका परिवार बाहेक अरुलाई प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण