हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।
आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १० गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताएकी छन् ।
हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार कार्यक्रममा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिनेछ । अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निबन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिनेछ ।
गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५ गते तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुऱ्याउनु भएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकमी र कलम चलाउने पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण