हिमालयन अन्तर्राष्ट्रिय अवार्ड आयोजना हुने
‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ ‘हिमालयन अन्तर्राष्ट्रिय अवार्ड’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । आयोजक वुमेन्स एरा एण्ड मिडिया ग्रुपले एक विज्ञप्ती जारी गर्दै अवार्डको लागि आवेदन खुल्ला गरेको जानकारी दिएको छ ।
आगामी माघको दोस्रो साता एक विशेष भव्य समारोहबीच काठमाडौंमै आयोजना राष्ट्रिय भावका गीतसँगै पप, चलचित्र गीत, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्सलाई समावेश गरिएको हुने अवार्डका लागि यहि मंसिर १० गतेबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले बताएकी छन् ।
हिमालयन अन्तर्राष्ट्रिय अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार कार्यक्रममा साहित्य विधातर्फ पनि अवार्ड प्रदान गरिनेछ । अंग्रेजी क्यालेन्डर अनुसार २०२१ जनवरी १ देखि २०२१ डिसेम्बर ३० सम्म (एक वर्ष भित्रमा) बजारमा आएका उत्कृष्ट कथा, उपन्यास, निबन्ध, र नियात्रालाई अवार्ड प्रदान गरिनेछ ।
गीत तथा सिर्जनाहरू दर्ता गर्नको लागि आवेदनको अन्तिम म्याद पौष २५ गते तोकिएको छ । अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुऱ्याउनु भएका एक जना विशिष्ट व्यक्तिलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संगीतकमी र कलम चलाउने पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?