सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब माथि पुग्यो
सोमबार, १३ मङ्सिर २०७८, १९ : २६
गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मुलुकको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ४४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा नेपाल सरकारको कुल तिर्न बाँकी बाह्य ऋण ९ खर्ब २८ अर्ब १२ करोड र आन्तरिक ऋण ८ अर्ब ३२ करोड गरी कुल १७ खर्ब २८ अर्ब ४४ करोड तिर्नु रहेको जनाएको हो ।
यस्तो ऋण अघिल्लो आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा कुल १४ खर्ब २७ अर्ब १८ करोड रहेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा मुलुकको सार्वजनिक ऋण २१.११ प्रतिशतले बढेको छ । उक्त सार्वजनिक ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४०.५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३६.५ प्रतिशत मात्र रहेको थियो ।
सोमबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण