ओलीको दोस्रो इनिङ्ग्स, तस्बिरमा हेर्नुहाेस्
दोस्रो कार्यकालका लागि निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका अध्यक्ष ओलीलाई पार्टी निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले मंगलबार साँझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

चितवनको सौंराहामा सम्पन्न राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा ओलीले १८३७ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गरेका थिए । त्यसैगरी निर्वाचित केन्द्रिय पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष ओलीबाट पद तथा गोपनीयताको सपथ लिए ।

एमालेका केन्द्रिय अनुशासन आयोगका अध्यक्ष केशव बडाल र लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेललाई निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सपथ खुवाएका थिए भने भने केन्द्रिय अनुशासन आयोगका सदस्यहरुले अध्यक्ष बडालबाट र लेखा आयोगका अध्यक्ष कँडेलले सोही आयोगका सदस्यहरुलाई सपथ खुवाए ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण