शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस सोलुखुम्बुको सभापतिमा देउवा पक्षका शेर्पा विजयी

बुधबार, १५ मङ्सिर २०७८, ०७ : ३७
बुधबार, १५ मङ्सिर २०७८

नेपाली काँग्रेस सोलुखुम्बुको सभापतिमा पार्टी संस्थापन पक्षका नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । मंगलबार सम्पन्न दोस्रो चरणको निर्वाचनबाट वर्तमान जिल्ला सभापति विनोद बस्नेतलाई १ सय ४२ मतान्तरले पराजित गर्दै शेर्पा सभापतिमा निर्वाचित भएका हुन् । 

८ सय ९७ मत खसेकोमा सोलुदूधकुण्ड नगरपालिकाका मेयरसमेत रहेका शेर्पाले ५ सय १३ मत ल्याउँदा बस्नेतले ३७१ मत पाएका छन् । पहिलो चरणमा कसैको पनि ५० प्रतिशत मत नआएपछि दोस्रो चरणको निर्वाचन भएको हो ।

पहिलो चरणको सभापतिका उम्मेदवार रामबहादुर बस्नेतले दोस्रो चरणमा शेर्पालाई समर्थन गरेका थिए । 

सभापतिमा निर्वाचित शेर्पालाई पूर्वपार्टी सभापति आङ्गेलु शेर्पाको समर्थन रहेको थियो भने निर्वाचनमा पराजित बस्नेतलाई पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन रहेको थियो । 

दुई वटा प्रदेश सभा रहेको जिल्लामा एउटामा आङ्गेलु शेर्पाको प्यानल र अर्कोमा बलबाहदुर केसीको प्यानलले नै जित हासिल गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप