मोरङ काँग्रेस सभापतिमा शेखर निकट डिगबहादुर लिम्बु विजयी
नेपाली काँग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु नै दोहोरिएका छन् । संस्थापन इत्तर समूहमा शेखर कोइराला निकटलिम्बुले संस्थापन पक्षका दिलीप गच्छदारलाई पराजित पुनः सभापति बन्न सफल भएका हुन् ।
१३ औं महाधिवेशनमा लिम्बु शेरबहादुर देउवा समूहबाट मोरङ सभापतिमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुनः निर्वाचित भएका छन् ।
लिम्बुले १ हजार ९ सय ६ मत ल्याएका थिए गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीन जना उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुने लिम्बु र गच्छदारबीच मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो ।
पहिलो चरणको निर्वाचनमा लिम्बु तेस्रो भएका यदुकुमार विष्टले दोस्रो भएका गच्छदारलाई समर्थन गरेका थिए । तर लिम्बुले ४ सय ८१ मतान्तरले गच्छदारलाई हराए । सभापतिको टुंगो लागेपछि अन्य पदाधिकारीको मतगणना बुधबार बिहानदेखि सुरु भएको निर्वाचन अधिकृत कार्कीले बताए ।
उपसभापतिमा लिम्बु समूहबाट नागेश कोइराला र भक्तिनाथ माझी थारु, गच्छदार समूहबाट गोपालबहादुर थापा र सुवोध सिंहसहित राजु मास्के प्रतिस्पर्धी छन् । त्यसैगरी सचिवमा लिम्बु खेमाबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ, गच्छदार खेमाबाट अर्जुन निरौला र शिवप्रसाद ढकालसहित मनोज बस्नेत, ज्ञानेन्द्र ढकाल र रविन राई प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण