राप्रपाको नारा राजा आउ देश बचाउ होइन : कमल थापा
राप्रपा अध्यक्ष कमल थापाले पार्टीको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने नरहेको बताएका छन् । उनले भने, ‘राप्रपाको अहिलेको नारा राजा आउ देश बचाउ भन्ने होइन’, पार्टीको बुधबारदेखि सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘हाम्रो नारा हाम्रो रणनीति भनेको जनता आउ राजालाई ल्याउ भन्ने नारा हो ।’
थापाले सदन र सडकको बलमा नागार्जुनका राजालाई नारायणहिटीमा ल्याइछाड्ने पनि बताए । ‘हामीले सडक र सदन दुबै संघर्षको मैदानलाई प्रयोग गरेर राजतन्त्रको माहोल बनाउनुपर्छ’, थापाले भने, ‘संसदीय शक्ति र सडकको शक्ति दुबै प्रयोग गरेर हामीले हिन्दुराष्ट्र र राजसंस्था स्थापना गर्नुपर्छ ।’
यही रणनीतिअनुसार पार्टी अघि बढिरहेको पनि थापाले बताए । ‘जुन दिन राप्रपाले संसदमा सम्मानजन अवस्था प्राप्त गर्न सक्छ, जुनदिन काठमाडौंका सडकमा १ लाख भन्दा बढी मानिस निरन्तररुपमा उतार्न सक्दछ । त्यो अवस्थामा संविधानको दुई तिहाइ बहुमतको धारा पर्खेर राप्रपा बस्दैन’, उनले भने ।
संसदको शक्ति र सडकको शक्तिबाट नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा राख्नेकाम जनताले गर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण