एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : कमल थापा
राप्रपाका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । पार्टीको एकता अधिवेशन उद्घाटनसभालाई सम्बोधन गर्दै थापाले पार्टीको मूल्यांकन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताएका हुन् ।
उनले नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहरूको आरोह अवरोह हामीले देख्दै आएको चर्चासमेत गरे । कुनै बेला काँग्रेसले दुई तिहाई मत हासिल गरेको इतिहास रहे पनि गत निर्वाचनमा उसले २३ स्थानमा मात्र विजय हासिल गरेको थापाको भनाइ थियो । कुनै बेला झण्डै दुई तिहाई जितेको माओवादी अहिले खुम्चिएको उदाहरण पनि उनले सुनाए ।]
‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजित भयो । काँग्रेससँगको सहकार्यमा इमानदारिता भएन ।’ उनले राप्रपालाई केवल दुई चार सिट बढाउने पार्टी बनाउनेमात्र होइन, देशको अग्रणी शक्तिका रुपमा स्थापित गराउनु अहिलेको आवश्यकता रहेको बताए ।
दुई÷अढाइ वर्षको मेहनतपछि केही त्याग, केही असहज व्यवस्था गरेर भए पनि पार्टी एकता भएको भन्दै उनले भविष्यमा पार्टी टुक्रिन नदिन आफूसहित तीन जनाले गीता छोएर कसम खाएको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण