एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त मर्दैन : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले एउटा चुनावमा हार्दैमा पार्टीको सिद्धान्त नमर्ने बताएका छन् । पार्टीको एकता अधिवेशन उद्घाटनसभालाई सम्बोधन गर्दै थापाले पार्टीको मूल्यांकन गर्नका लागि एउटा चुनावमात्र पर्याप्त नहुने बताएका हुन् ।
उनले नेपालको राजनीतिक इतिहासमा राजनीतिक दलहरूको आरोह अवरोह हामीले देख्दै आएको चर्चासमेत गरे । कुनै बेला काँग्रेसले दुई तिहाई मत हासिल गरेको इतिहास रहे पनि गत निर्वाचनमा उसले २३ स्थानमा मात्र विजय हासिल गरेको थापाको भनाइ थियो । कुनै बेला झण्डै दुई तिहाई जितेको माओवादी अहिले खुम्चिएको उदाहरण पनि उनले सुनाए ।]
‘राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट देखिँदैन,’ उनले भने, ‘गत निर्वाचनको पूर्वसन्ध्यामा पार्टी विभाजित भयो । काँग्रेससँगको सहकार्यमा इमानदारिता भएन ।’ उनले राप्रपालाई केवल दुई चार सिट बढाउने पार्टी बनाउनेमात्र होइन, देशको अग्रणी शक्तिका रुपमा स्थापित गराउनु अहिलेको आवश्यकता रहेको बताए ।
दुई÷अढाइ वर्षको मेहनतपछि केही त्याग, केही असहज व्यवस्था गरेर भए पनि पार्टी एकता भएको भन्दै उनले भविष्यमा पार्टी टुक्रिन नदिन आफूसहित तीन जनाले गीता छोएर कसम खाएको पनि स्मरण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण