‘मशानघाट–२’ मा एसराज, सुनिता र विकास
अभिनेता एसराज गराच पछिल्लो समय वेब सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरू बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तैमा गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीत ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता गराच पनि मुख्य भूमिकामा देखिएकी छन् ।
‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको युगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् ।
मशानघाट–२ का शब्दहरू गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।
केशवराज भट्ट निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काको अभिनय देख्न सकिन्छ । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण