‘मशानघाट–२’ मा एसराज, सुनिता र विकास
अभिनेता एसराज गराच पछिल्लो समय वेब सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरू बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । यस्तैमा गायिका सुनिता खड्काको ‘मशानघाट’ शीर्षकको गीत ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता गराच पनि मुख्य भूमिकामा देखिएकी छन् ।
‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।
गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको युगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् ।
मशानघाट–२ का शब्दहरू गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।
केशवराज भट्ट निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काको अभिनय देख्न सकिन्छ । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई
-
कांग्रेस सांसदले किन आफ्नै सांसदको सारी तानिन् ?
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच छलफल जारी