‘प्रकाश’को डिजिटल राइट्स बिक्री
अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ को डिजिटल राइट्स बिक्री भएको छ । डिएआर मुभिजले फिल्मको डिजिटल राइट्स किनेको हो । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् ।
निर्माता महेन्द्र अधिकारीले वितरक रोहित कट्टेल र डिएआर मुभिजका तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा फिल्मको राइट बिक्री गरेका हुन् । महँगो रकममा डिजिटल राइट्स बिक्री भएको निर्माता अधिकारीले बताए ।
हिन्दी भाषामा डब गरेर भारतमा समेत प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
फिल्ममा प्रदीपका अलावा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाही लगायतका कलाकारले अभिनय गरेका छन् ।
विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथामा फिल्म निर्माण भएको निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइ गर्न सरकारसँग कांग्रेसको माग
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण