प्रदेश १ मा दुई पक्षीय भिडन्त, संस्थापन पक्षको सहयोग सिटौला पक्षलाई
नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा दुई पक्षीय भिडन्त हुने भएको छ । शनिबार हुने निर्वाचनका लागि संस्थापन इतरका दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सभापति पदका लागि पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले प्रदेश सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रको राजनीतिबाट घिमिरे प्रदेशको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । संस्थापन इतर पक्षका अर्का दाबेदार राजीव कोइरालालाई बिहीबार अन्तिम समयमा ‘ब्याक’ गराइएको हो ।
काँग्रेस झापाका पूर्वसभापति थापा पनि नेतृत्व हत्याउने दाउमा छन् । उनलाई संस्थापन पक्षले साथ दिएको छ ।
नेतृत्व चयनका लागि मतदान भने शनिबार दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म हुने कार्यतालिका छ । निर्वाचनमा एक हजार सात सय प्रदेश प्रतिनिधिले मतदात गर्न पाउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण