भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाउन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “यसले सबै देशलाई निगरानी बढाउन, सतर्क रहन, कुनै पनि आयातलाई तीव्ररूपमा पत्ता लगाउन र भाइरसको थप फैलावटलाई रोक्न कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।” उनका अनुसार भारतमा पहिलो पटक दुई जनामा ओमिक्रोन भेरियन्ट सङ्क्रमित पुष्टि भएको छ । उनले ओमिक्रोन भेरियन्ट कोरोनाको अन्य भेरियन्टजस्तै प्रतिकार्य गर्न सकिनेसमेत बताए ।
उनले सरकारले व्यापक र अनुकूल जनस्वास्थ्य तथा सामाजिक उपाय तथा जनसमुदायबाट रोकथाम र सावधानीका उपायको कडा पालना गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मानिसले आफ्नो नाक र मुख राम्ररी छोप्नुपर्ने र राम्रोसँग ठिक हुने मास्क लगाउनसमेत आग्रह गरे । उनले खोप लगाएपछि पनि सबै सावधानी अपनाउन जारी राख्न आग्रह गरे ।
ओमिक्रोन भेरियन्टमा धेरै सङ्ख्यामा उत्परिवर्तन रहेका र तीमध्ये केही चिन्ताजनक रहेको भन्दै उनले विश्वभरका अनुसन्धानकर्ताले ओमिक्रोनको सर्नसक्ने गुण, गम्भीरता र प्रतिरक्षा क्षमताबारे राम्रोसँग बुझ्नका लागि अध्ययन गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा क्रियाशील कम्युनिस्ट पार्टीले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन
-
सिंहदरबारकै जातीय सोचले रोकियो थर सूचीकरणः राष्ट्रिय दलित आयोग
-
१६ वर्षीय प्रसिद्ध २ लाख रुपैयाँमा काठमाडौँ गुर्खाजमा आबद्ध
-
मंगलबार लेखा समितिको बैठक बस्दै, राहदानी छपाइबारे छलफल होला ?
-
आसिफ शेख लुम्बिनी लायन्स र विवेक यादव चितवन राइनोजमा आबद्ध
-
आसिफ शेख उच्च मूल्यमा लुम्बिनी लायन्समा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण