मालीमा आतंकवादी हमला, दर्जनौँको ज्यान गयो
मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरूले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो क्षेत्रमा गुडिरहेको एक बसमा हमला गरेका थिए । त्यस हमलामा परेर दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको छ तर त्यसमा परेका व्यक्ति कतिजना हुन् भन्ने बारेमा भने अझै खुलेको छैन ।
अधिकारीहरुका अनुसार अज्ञात समूहमा आएका हतियारधारी आतंककारीहरूले गुडिरहेको बसमा आगो लगाइदिएका थिए । सो बसमा रहेका ३३ जना यात्रुको शरीर पूरै जलेको अवस्थामा पाइएको थियो ।
तीमध्ये अधिकांशको ज्यान गइसकेको बताइएको छ । तर सरकारले यस विषयमा कुनै पनि जानकारी दिएको छैन । तीमध्ये प्रायः सबैको ज्यान गएको अनुमान गरिएको समाचारमा आएको छ तर यस विषयमा सरकारले केही बताएको छैन ।
त्यस स्थानमा केही समय अघिदेखि नै आतंककारीहरूले हिंसात्मक क्रियाकलापहरू गर्दै आएका थिए । यस पछिल्लो हिंसाको बारेमा कुनै आतंककारी समूहले पनि कुनै जानकारी दिएको छैन । सरकारी अधिकारीहरुले ठूलो मानवीय क्षति भएको बताएका छन् तर यस विषयको यकिन तथ्यांक दिएका छैनन् । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण