बेलायतमा बढ्यो ‘ओमिक्रोन’, यात्रामा थप कडाइ गरिँदै
लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।
बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ । नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यही सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ । नाइजेरियाबात बेलायती नागरिक मात्र आउन पाउनेछन् भने उनीहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।
नयाँ भाइरस ‘ओमिक्रोन’ कति घातक छ भन्ने हाल अध्ययनकै विषय भएकाले यसको सङ्क्रमणलाई नियन्त्रण गर्न बेलायत सरकारले बुस्टर डोज वितरणमा तीव्रता दिएको छ । सरकारले दैनिक पाँच लाख जनालाई बुस्टर डोज दिने तयारी गरेको छ । शनिबार सार्वजनिक ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार ३४.४ प्रतिशतले बुस्टर लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोदा नदीमा डुबेर दुई जनाको मृत्यु
-
अन्तर्राष्ट्रिय व्यापारमा २९ भन्सार नाका प्रयोगमा, कुनबाट कति हुन्छ आयात–निर्यात ?
-
सभापति चयनपछि सक्रिय बन्न थाले लुम्बिनी प्रदेशका संसदीय समितिहरू
-
धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने
-
गुजरातलाई ४ विकेटले पराजित गर्दै बैंग्लुरु सातौँ स्थानमा
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने