बेलायतमा बढ्यो ‘ओमिक्रोन’, यात्रामा थप कडाइ गरिँदै
लन्डन । नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बेलायत भित्रिने यात्रुहरूलाई थप कडाइ गरिने स्वास्थ्य मन्त्री साजिद जाविदले बताएका छन् । आउँदो मंगलबार बिहान ४ बजेपछि बेलायत आउँदा अनिवार्य रूपमा बढीमा ४८ घण्टाभित्र कोभिड (प्रि-कोभिड) टेष्टको प्रमाण देखाउनुपर्नेछ । हालको नियम अनुसार बेलायत आएको दुई दिनसम्म सेल्फ आइसोलेसन बसेर नेगेटिभ परिणाम पेस गर्नुपर्नेछ । सो नियम १२ वर्ष वा सो भन्दा माथिका लागि लागू हुनेछ ।
बेलायतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमितको सङ्ख्या १६० पुगेको छ । जसमध्ये इंग्ल्याण्डमा १२९, स्कटल्याण्डमा २९ र वेल्समा एक जनामा नयाँ भाइरस फेला परेको सरकारले जनाएको छ । नाइजेरियाबाट आएका २७ जना मानिसमा नयाँ भाइरस देखिएपछि यही सोमबार बिहान ४ बजेबाट नाइजेरियालाई यात्रा प्रतिबन्धको ‘रेड लिस्ट’ मा राखिने भएको छ । नाइजेरियाबात बेलायती नागरिक मात्र आउन पाउनेछन् भने उनीहरूले अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्नेछ ।
नयाँ भाइरस ‘ओमिक्रोन’ कति घातक छ भन्ने हाल अध्ययनकै विषय भएकाले यसको सङ्क्रमणलाई नियन्त्रण गर्न बेलायत सरकारले बुस्टर डोज वितरणमा तीव्रता दिएको छ । सरकारले दैनिक पाँच लाख जनालाई बुस्टर डोज दिने तयारी गरेको छ । शनिबार सार्वजनिक ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्क अनुसार ३४.४ प्रतिशतले बुस्टर लगाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण