सर्लाहीमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
सोमबार, २० मङ्सिर २०७८, १२ : ०६
सर्लाहीको बलरा नगरपालिका–४ मा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सोमबार बिहान दाउरा खोज्न गएकी किशोरीलाई ४ जना युवाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन् । तर, सर्लाहीका एसपीले दुई जनाले मात्र बलात्कार गरेको जिकिर गरेका छन् ।
सर्लाहीका एसपी कृष्ण प्रसाईले बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । उनले भने– ‘किशोरीलाई मेडिकल गर्न पठाएका छौं, बलात्कारमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं ।’
बलात्कृत किशोरी बलरा नगरपालिका–५ घर भएकी मुस्लिम समुदायकी हुन् । एसपी प्रसाईले आरोपीको नाम सार्वजनिक गर्न अस्वीकार गरेका छन् । बलात्कारमा चारजना संलग्न भएपनि प्रहरीले दुईजनालाई मात्र पक्रेर अरु दुईजनालाई उम्काउन खोजेको स्थानीयको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण