सेयर बजार बाउन्स ब्याक, २४ सय ४० अंक पुगेर फर्कियो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३२ अंकको सुधार आएको छ । पछिल्लो समय निरन्तर घट्दै २४ सय ४० अंकमा आइपुगेपछि फेरि उकालो लाग्न थालेको हो । आजै कारोबार सुरु भएदेखि निरन्तर घट्दै ६२ अंकले घटेको थियो । कारोबार सुरु भएको एक घन्टाको समयमै ६२ अंकले घट्दै परिसूचक २४ सय ४० अंकमा आइपुगेको थियो । त्यसपछि भने निरन्तर बढेर २५ सय ४६ अंकमा पुगेर रोकिएको छ ।
यसक्रममा आज चार अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने ९४ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । समग्र बजारमा ३२ अंकको चमक आउँदा कारोबार भएका सबै समूहमा उत्सहजनक वृद्धि देखिएको छ ।
आज विकास बैंक समूहमा सबैभन्दा बढी १५७ अंकको वृद्धि आएको छ भने जीवन बीमा कम्पनी समूहमा १२३ अंकको सुधार आएको छ । यस्तै, जलविद्युत समूहमा ८२ अंकको, लघुवित्त समूहमा ६५ अंकको र उत्पादनमूलक समूहमा ६२ अंकको वृद्धि देखिएको छ ।
आज मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्यमा प्रतिकित्ता १०५ रुपैयाँको वृद्धि देखिएको छ । कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएसँगै प्रतिकित्ता सेयर मूल्य १०५ रुपैयाँले बढेको हो । यसका साथै, आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ९ प्रतिशतको वृद्धिसँगै प्रतिकित्ता सेयर मूल्य ५३ रुपैयाँले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण