कलाकार जोगिन्दर बने महाधिवेशन प्रतिनिधि
नेपाली काँंग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट जोगिन्दरको उपनामले परिचित कलाकार शिव शंकर रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल सांस्कृतिक संघको महामन्त्री समेत रहेका रिजाल ५ सय १३ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
दोस्रोपटक सर्लाहीबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका रिजालले मतदाता प्रति आभार व्यक्त गरे । उनले आफूसँगै महाधिवेशनको प्रतिस्पर्धामा रहेकालाई यसलाई घरभित्रकै प्रतिस्पर्धाको रुपमा बुझ्न आग्रह गरे । ‘लोकतान्त्रिक पार्टी भएकै कारण हामी प्रतिष्पर्धा गर्छौं । तर , नतिजा आएपछिको हाम्रो लक्ष्य र उद्देश्य एक नै हुन्,’ रिजालले भने ।
उनले १४ औं महाधिवेशनमा युवासँगै धेरै कलाकर्मी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको बताए । ‘हामी कलाकारले अब हाम्रो आवाज पार्टीमा अझै बुलन्द रुपमा राख्न सक्छौँ। यसबाट कलाकारिता क्षेत्रमा आफ्नो जीवन समर्पित गरेकाहरूलाई अवश्य टेवा पुग्ने छ,’ उनले भने । रिजालले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण