प्रकाशमान र शेखर सहमतिमा नआए रामचन्द्रलाई सभापतिको उम्मेदवारमा अघि सार्ने निर्णय
नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यहरुले नेताहरु प्रकाशमान सिंह र शेखर कोइरालाबीच सभापतिको दावीका सन्दर्भमा सहमति हुनुपर्नेमा जोड दिएका छन् । उनीहरु एकापसमा सहमत नभए रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय भएको छ ।
बुधबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठकले सहमतिमै सभापतिको उम्मेदवार तय गर्नुपर्ने निष्कर्ष निकाल्दै त्यसका लागि प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमतिमा जोड दिएका हुन् । सिंह र कोइरालाले सभापतिमा दावेदारी प्रस्तुत गरिरहेका छन् भने दुई नेताहरुबीच सहमति भएको खण्डमा आफू दावी छाड्न पौडेलका साथै शशांकले समेत तयार भइसकेको बताइसकेका छन् ।
यस्तो परिस्थितिमा केन्द्रीय सदस्यहरुको बैठकले सभापतिका आकांक्षी दुई नेताबीच सहमति नभए रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवारका रुपमा अघि सार्ने निर्णय भएको केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । यो प्रस्ताव उनीहरुले पौडेलसहितका नेताहरुकहाँ लग्ने भएका छन् ।
आजै पौडेल, कोइरालाद्वय र सिंहसहित केन्द्रीय सदस्यहरुको बैठक ३ बजेका लागि बोलाइएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुन लागेको अवस्थामा पौडेल समूहले हालसम्म सभापतिको साझा उम्मेदवार तय गर्न सकेको छैन । त्यसकै लागि नेताहरु केही दिनयता निरन्तर छलफलमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण